प्रदिप ज्ञवालीको प्रश्न: एमसीसी सम्झौता गर्ने काँग्रेस माओबादी गाली खाने केपी ओली ? – News Nepal Media
Trend

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलेले बिगतमा केपी शर्मा ओलीको पालामा सरकारले एमसीसी पारित गर्न खोज्दा तत्कालिन नेकपाका नेता प्रचण्ड र माधवकुमार नेपालहरुले रोकेर केपी ओली बिरुद्द दाउपेच गरेको आरोप लगाएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा पुर्बपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले अब सरकारले एमालेको सहयोगबिना पनि एमसीसी पारित गर्न सक्छ तर प्रतिपक्षको सहयोग बिना संसदबाट पास गरेर देखाउन चुनौती समेत दिएका छन्।

यस्तो छ नेता प्रदिप ज्ञवालीले एमसीसीका सम्बन्धमा गरेको सम्बोधनको पूर्णपाठ

त्यो सरकारको प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णवहादुर महरा,हस्ताक्षर गर्ने त्यो बेलाका अर्थंमन्त्री ज्ञानेन्द्रवहादुर कार्की अहिले कानूनमन्त्री हुनुहुन्छ । त्यो सरकारका गृहमन्त्री जनार्दन शर्मा अहिले अर्थमन्त्री हुनुहुन्छ ।

उहाँहरुले गरेको त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडी बढाऔँ भनेकै हो । अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडी बढाऔं भन्दा आगो बाल्नु भो उहाँहरुले । सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली । सम्झौता गर्ने उहाँहरु गाली खाने हामी त्यतिबेलाका सरकारमा रहेका मान्छेहरु । यदी त्यो गलत थियो भने सम्झौता किन गर्नुभो तपाईहरुले ?

यदी सहि थियो भने त्यसलाई पास हुनबाट रोक्नु भो किन तपाईहरुले ? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ । आज उहाँहरुसँग १६५ जनाको संख्या छ उहाँहरुले अगाडी बढाउने हो भने अगाडी बढाए हुन्छ । जे भन्नुपर्ला प्रस्ताव आइसकेपछि त्यति नै बेला हामिले आफ्नो पोजिसनहरु क्लियर गरौँला ।’

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सीमा समस्या नै नभएको चिनसँग भने सिमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको आरोप लगाए ।

ज्ञवालीले भने : ‘जहाँ समस्या छ, त्यहाँ समाधान नखोज्ने । त्यहाँ पहल नगर्ने । जहाँ समस्या छैन त्यहाँ एकतर्फी ढंगले हल्लाखल्ला गरेर सिमा मिचिएको पहिल्यै निष्कर्ष निकालेर, पहिलै निष्कर्ष निकालीसक्नु भो उहाँहरुले । यो नियमित अनुगमन त होईन । पहिलै मिचिएको निष्कर्ष निकालेर जे गर्नुभएको छ यो वर्तमान सरकारले दुई देशबीचको सम्बन्धलाई अनावश्यक चिसोपन निम्त्याउने काम गरेको छ ।’न्हुँज खलःका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सिमाविद बुद्धिनारायण श्रेष्ठले समेत सरकार नभएका सीमा समस्या बल्झाउन उद्यत रहेको बताए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP