भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार उहाँले तीन हजार ३४२ मत प्राप्त गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले तीन हजार ७ १६ मत पाउनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले दुई हजार ६६५ मत पाउनुभएको छ । यस्तै हाल गणना भइरहेको वडा नम्बर ३ मा एमालेका विकास थापाले ६७७ र भरत लामिछानेले ४२९ मत पाउनुभएको छ । वडाको गणना जारी रहेको छ । यस वडामा तीन हजार २४४ मत खसेको थियो । यसअघि वडा नम्बर १ र २ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसले विजय हासिल गरेको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीबाहेकका पाँच पालिकामा पाँच दलीय गठवन्धनको अग्रता छ । –––
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply