कामपामा स्वतन्त्र बालेन्द्र उम्मेदवार साहको अग्रता
By May 16, 20225:06 am
काठमाडौँ महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ ।पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले पाँच हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राख्नुभएको छ । नेकपा ९एमाले का केशव स्थापितले दुई हजार ९९२ र नेपाली कांग्रेसका सिर्जना सिंहले दुई हजार ६९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले पाँच हजार ८९६, नेकपा ९एकीकृत समाजवादी का रामेश्वर श्रेष्ठले एक हजार ६३२ मत प्राप्त गर्नुभएको छ । निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ । वडा नम्बर १ को मतपरिणाम आइतबारनै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय हुनुभएको छ । केही समयभित्र वडा दुईको पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौँ जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । कामपामा हालसम्म १४ हजार ७७८ मत गणना भएको जनाइएको छ ।
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply