नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय घर्तीमगरले तीन हजार ३७१ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत प्राप्त गर्नुभएको छ ।

सो गाउँपालिका–१, २, ४, ५ र ६ मा नेकपा माओवादी केन्द्र र वडा नंं ३ मा नेकपा (एकीकृत समाजवादी)ले विजयी हासिल गरेका छन् । माडी गाउँपालिकामा कांग्रेस–एमाले–स्वतन्त्र र माओवादी–एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *