नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । – News Nepal Media
Trend

रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय घर्तीमगरले तीन हजार ३७१ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत प्राप्त गर्नुभएको छ ।

सो गाउँपालिका–१, २, ४, ५ र ६ मा नेकपा माओवादी केन्द्र र वडा नंं ३ मा नेकपा (एकीकृत समाजवादी)ले विजयी हासिल गरेका छन् । माडी गाउँपालिकामा कांग्रेस–एमाले–स्वतन्त्र र माओवादी–एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP