महानगरमा दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी

ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा (एकीकृत समाजवादी) कै श्रीगोपाल महर्जन विजयी हुनुभएको छ । हाल ४, ५ र ६ को गणना जारी छ ।

हालसम्मको मत परिणामअनुसार महानगरको प्रमुखमा चिरीबाबु महर्जनको अग्रता कायम छ । महर्जनले चार हजार ७३० मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार ७४४ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य (आस्था) ले दुई हजार १४६ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । नेकपा माओवादीका बाबुराज शाक्यले एक हजार ५५४ मत ल्याउनुभएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *