ललितपुरमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता
By May 17, 20227:20 am
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार २१७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी मञ्जलीले तीन हजार ६७४ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले दुई हजार २९२ मत पाउनुभएको छ । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म चार वडाको मात्रै परिणाम आएको छ । वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी हुनुभएको छ । हाल वडा नम्बर ४, ६ र ७ को गणना जारी रहेको छ । –––
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply