मतगणनामा धाँधली भएको भन्दै तिलोत्तमाको मतगणना स्थगित

यहाँको तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ।

तिलोत्तमा नगरपालिकामा रहेको यातायात कार्यालयमा भएको वडा नम्बर १६ र २ को मतगणना रोकिएको हो । मतगणनापछि सङ्ख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत सङ्ख्यामा फरक पर्न गएकाले वास्तविक तथ्याङ्क हेरेर गणना अगाडि बढाइने सहमति भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताउनुभयो ।

अहिले मतगणनास्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *