स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा
By May 18, 20227:29 am
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ ।
जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ । नेकपा (एमाले)ले २९ नगर र ९१ गाउँपालिकामा जित हासिल गरेको छ ।
एमाले ४५ नगरपालिका र ३० गाउँपालिकामा अग्रस्थानमा छ । एमाले ३३ उपप्रमुख र ८९ उपाध्यक्षमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) ११ नगरपालिका र ७४ गाउँपालिका गरी ८५ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र १३ नगरपालिका र १४ गाउँपालिकामा अग्रस्थानमा छ ।
हालसम्म माओवादीले १६ उपप्रमुख र ७७ उपाध्यक्ष जितेको छ । नेकपा (एकीकृत समाजवादी) ले दुई नगर पालिकामा जित हासिल गरेको छ । आठ स्थानमा समाजवादी अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । जनता समाजवादी पार्टी नेपालले पाँच गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply