शिवपुरीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित हुनुभएको हो ।
थपलियाले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर उप्रेतीलाई एक सय नौ मतले पराजित गर्नुभएको हो । थपलियाले चार हजार १८२ तथा उप्रेतीले चार हजार ७३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा तामाङले चार हजार ५२० तथा उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा खड्काले चार हजार ५६ मत ल्याउनुभयो । सो गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

यस्तै वडाध्यक्षतर्फ वडा नं १, २, ३ र ७ मा माओवादी केन्द्र, वडा नं ४ र ८ मा कांग्रेस तथा वडा नं ५ र ६ मा एमाले विजयी भएको सहायक निर्वाचन अधिकृत दयाराम पौडेलले जानकारी दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *