काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कै अग्रता
By May 19, 20224:54 am
काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । उहाँले २० हजार २०१ मत प्राप्त गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १० हजार ६३८ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले नौ हजार ८७७ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।
एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ६४४ मतका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३०१ मत प्राप्त गर्नुभएको छ । हालसम्म ५२ हजार ८२७ मत गणना भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply