सुनसरीको बर्जुमा एमाले विजयी

सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) वियी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गर्नुभएको छ ।

६ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा कांग्रेस विजयी भएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *