कैलालीको भजनीमा नागरिक उन्मुक्ति

कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा केवललाल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित हुनुभएको छ ।

केवललालले गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का शेरबहादुर चौधरीलाई पराजित गर्नुभयो । उहाँले सात हजार ४७५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी शेरबहादुरले तीन हजार ८७१ मत प्राप्त गर्नुभयो ।

नगर उपप्रमुखमा निर्वाचित तिरुवाले नेपाली कांग्रेसका गोकर्ण भण्डारीलाई पराजित गर्नुभएको हो । तिरुवाले ६ हजार २२५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी भण्डारीले तीन हजार ५३७ मत प्राप्त गर्नुभयो ।

भजनीमा नागरिक उन्मुक्ति पार्टीले तीन वडामा जित हासिल गरेको छ । त्यसैगरी गठबन्धनले चार र एमालेले दुई वडामा जित हासिल गरेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *