तीन हजार ७४१ मतमा ९०६ बदर

दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएका छन् । तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको हो । बदर भएको उक्त मत उपप्रमुखको हो । तुलसीपुर–५ बाट उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताउनुभयो । उहाँका अनुसार यो बदर मत अत्यधिक हो ।

त्यस्तै तुलसीपुर–४ बाट पनि त्यत्तिकै मत बदर भएका छन् । त्यस्तै चार हजार १७७ मत खसेको तुलसीपुर–४ बाट ८६१ मत बदर भए । तुलसीपुर–१ बाट ३९६, तुलसीपुर–२ बाट ३६४ मत बदर भएका छन् । यसपटक धेरै दलको गठबन्धन भएको र एउटै पदमा धेरै छाप लगाएकाले धेरै बदर रहेको उहाँले बताउनुभयो ।
–––


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *