बाबु र छोराको हत्या

सिरहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो ।

सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर करिब १२ बजे सुतेपछि दुबैको हत्या भएको स्थानीयवासीले बताएका छन् । उनीहरुका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख करिब ३ बजे हत्याको घटना गाउँभरी फैलिसकेको हुनाले करिब २ बजेको आसपासमा सो घटना भएको हुनसक्छ ।

घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । “घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौंँ”,प्रहरी उहाँले भन्नुभयो,“हत्या कसले र किन गरेको भन्नेबारेमा केही खुल्न सकेको छैन्, हामीले अनुसन्धान गरिरहेका छौंँ ।” प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ ।
–––


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *