युवकको मृत्यु

दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ ।

नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो । मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताउनुभयो ।

घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख गङ्गा पौडेलले बताउनुभयो । मृतक बस्नेतका बुबा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । झ्याकुस्थित मानेडाँडा माविमा कार्यरत यानबहादुर काम सकेर साँझ ६ः३० बजे घरबाट निस्किएका र अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय तथा आफन्तले खोजीकार्य जारी राखेका थिए । मङ्गलबारदेखि बेपत्ता भएका यानबहादुर आज बिहान झ्याकुस्थित सर्सेपु विद्यालय नजिकैको जङ्गलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *