📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

दुर्गम चुम्चेतमा बिजुली बत्ती

🕒 May 29, 2022

उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न सुरु गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएका हुन् । दुर्गम क्षेत्रमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रीकल्चरल एन्ड एसोसिएशन ब्रिटिस गोर्खाज नेपालको सहयोगमा चुम्चेतका बस्ती बिजुली बत्ती बाल्न सफल भएको उहाँको भनाइ छ ।

चुम्चेतको खोलामा निर्माण गरिएको उक्त आयोजनाबाट स्थानीय चुम्लिङ, चुम्चेत, थार, सिप्चेत, डुम्जो, रेन्ञम, यार्चोलगायतका क्षेत्रमा बिजुली बत्ती पुगेको अध्यक्ष लामाले बताउनुभयो । गाउँमै बिजुली बत्ती बाल्न पाएपछि स्थनीय बासिन्दा खुसी भएको उहाँले बताउनुभयो ।

बिजुली बत्ती नहुँदा बत्ती बाल्न मात्र नभएर कुटानी पिसानीमा दुःख खेप्दै आएका चुम्चेतका स्थानीय बासिन्दाहरुलाई अब सजिलो हुने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । गएको मङ्सिरबाट निर्माण सुरु भएको आयोजना झन्डै सात महिनामा निर्माण सम्पन्न भएको हो ।