शुक्रबार , बैसाख ५, २०८२
श्रीमान्–श्रीमती मृत फेला – News Nepal Media
Trend

कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।

श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । उहाँले घटनाको प्रकृति हेर्दा श्रीमान्ले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जानकारी दिनुभयो । घटनास्थलमा एउटा खुकरी फेला परेको बताउँदै प्रहरी निरीक्षक जोशीले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP