‘चन्द्रागिरिमा साइलक ट्रेलको विकास र विस्तार गरिने’

विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा वृक्षरोपण गरियो ।

चन्द्रागिरि राइडर्स क्लबद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले वृक्षरोपणको शुभारम्भ गर्दै वातावरण संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिता दिने र नगरलाई हरियाली बनाउन वृक्षरोपणलाई अभियानका रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ चन्द्रागिरिको थप पर्यटन प्रवद्र्धन गर्न साइकल ट्रेलको विकास र विस्तार गरिने छ ।”

नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन ः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस आज मनाइँदैछ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *