📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

निजी होटलमा सार्वजनिक शौचालय

🕒 June 7, 2022

इलामको प्रमुख पर्यटकीयस्थल कन्याममा रहेको एक निजी होटलले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न अनुमति दिएको छ । पर्यटन व्यवसायी टीका ओडारीले आफ्नै लगानीमा सञ्चालित ‘कन्याम इन होटल’ मा रहेका शौचालयलाई सार्वजनिक खुला गर्नुभएको हो ।

यस पर्यटकीयस्थलमा हालसम्म सार्वजनिक शौचालय नभएकाले आफूले होटललाई नै प्रयोग गर्ने गरी यस्तो काम थालिएको उहाँले
बताउनुभयो । पर्यटन व्यवसायीले कन्यामलाई फोहर व्यवस्थापन र सार्वजनिक शौचालय निर्माणको माग गर्दै आए पनि पूरा हुनसकेको छैन । सूर्योदय नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्न नसक्दा कन्याम आउने सयौँ पर्यटक समस्यामा पर्दै आएका छन् ।

देशकै ठूलो अर्थात् काठमाडौँ महानगरमा होटल र रेष्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै पर्यटकीय जिल्ला इलाममा यसको प्रयोगसमेत सुरु भइसकेको छ । आफ्नो होटलका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न पाउँदा पर्यटकलाई समेत सहज भएको व्यवसायी ओडारीले बताउनुभयो ।

कन्याममा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् । उहाँले पर्यटकीयस्थल कन्याममा पहिलोपटक व्यावसायिकरूपमा होटल तथा लज सुरु गर्नुभएको हो । यहाँ घोडचरी, प्याराग्लाइडिङलगायतका थुप्रै सेवा उपलब्ध भए पनि आवश्यक पर्ने सार्वजनिक शौचालय नहुँदा समस्या हुँदै आएको थियो ।