📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

गणेशपुरपार्कमा पर्यटकको घुइँचो

🕒 June 7, 2022

दाङको तुलसीपुर–७ गणेशपुर स्थित राप्ती शान्ति उद्यानमा दिनहुँजस्तो भीडभाड हुन्छ । टिकटक बनाउनेहरु हुन् या अवलोकन गर्नेहरुका कारण दैनिकजसो यहाँको पार्क भरिभराउ हुन्छ ।

गेटबाट प्रवेश गरेलगत्तै देखिने शान्तिका अग्रदुत गौतम बुद्धको मूर्ति हेर्न पनि उत्तिकै घुइँचो लाग्ने गर्छ भने त्यहाँको वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन पनि पर्यटक त्यहाँ पुग्ने गर्छन । “एउटा त यो ठाउँ आफैँ पनि सुन्दर छ, किनभने सामुदायिक वनमा यो पार्क छ,” पार्कका अध्यक्ष डिल्ली भण्डारीले भन्नुभयो, “त्यसमा पनि हामीले गौतम बुद्धको मूर्ति निर्माण गरेपछि झनै पर्यटकहरुको बढेका छन् ।”

उहाँका अनुसार दैनिक चारदेखि पाँच सयसम्म पर्यटकले यो क्षेत्र अवलोकन गर्ने गरेका छन् । विद्यार्थीलाई प्रवेशमा ५० प्रतिशत छुट छ भने अपाङ्गता भएका व्यक्ति, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्योबाहेक अन्यले रु ३० को टिकट काट्नु पर्छ ।

भित्र प्रवेश गरेलगत्तै गेटबाटै देखिने गौतमबुद्धको मूर्तिसहित सयपत्री फूलले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् । अलि भित्र पस्दा पानीको फोहोरा, कृत्रिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका चितुवा, बाँदर, उल्लु, खरायोका बच्चा लगायतका जनवारसँग पनि पर्यटकहरु उत्तिकै रम्ने गरेका हुन्छन् । त्यहाँ रहेको चिल्ड्रेन पार्कमा पनि मानिसहरु उत्तिकै झुमिएका देखिन्छन् । चिल्ड्रेन पार्क सञ्चालनका लागि अर्को संस्थालाई भाडामा दिइएको छ । त्यहाँ पिङ, पौडीदेखि बच्चाहरुले खेल्ने हरेक सामग्रीहरु राखिएको हुन्छ ।

गणेशपुरपार्कमा जिल्ला बाहिर बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट घुम्न आउनेक्रम पनि बढेको छ । बाहिरबाट दाङमा काम विशेषले आएकाहरु पनि गणेशपुर पार्कको अवलोकन नगरी फर्किंदैनन् । सपना चौधरी बाँके राप्ती सोनारी निवासी हुनुहुन्छ । “म पहिले पनि यो पार्क हेर्न आएकी थिएँ, दिदीको घर आउँदा सधैँ यो पार्कमा आउने गर्छु,” उहाँले भन्नुभयो, “यहाँ घुम्दा आनन्द आउने भएकाले पनि म यहाँ आउँछु ।”