मल अभावले कृषकलाई सधैँ सास्ती

धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् ।

मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले गुनासो गर्नुभयो । “मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि पाइएन, दमौलीमा नपाएपछि डुम्रेमा पुगेर चर्को मूल्यमा खरिद गर्नुप¥यो”, पौडेलले भन्नुभयो, “अब धान रोप्ने बेला आउन लाग्यो, मल चाँही कहिले आउँछ कुन्नि ।”

पौडेलले मकै गोड्ने बेला दमौलीमा मल नपाएपछि डुम्रेमा पुगेर मल खरिद गरेर ल्याएको बताउनुभयो । “एक हजार पर्ने मललाई डुम्रेमा पुगेर ल्याउँदा तेब्बर तिर्नुप¥यो”, उहाँले भन्नुभयो, “वर्षेनी मलको अभाव हुन्छ, तर सरकारले कृषकको समस्याप्रति ध्यान दिएको पाइएन ।” उहाँले असारको पहिलो साताबाट धान रोप्ने तयारी गर्नुभएको छ । अहिले धानको बीउ राख्ने बेला भएपनि मल नपाउँदा सास्ती भएको उहाँले बताउनुभयो । “अहिलेसम्म मल पाउने सुरसार छैन, के गर्ने कसो गर्ने अलमल परेको छु,” उहाँले थप्नुभयो ।

मल खरिद गर्न तीन÷चार पटक बजार धाउँदा पनि मल नपाएको भिमादकी देवी खनालले गुनासो गर्नुभयो । “चाहिएको जति मल कहिल्यै पाइएन” उहाँले भन्नुभयो, “कृषकको समस्या कहिल्यै समाधान हुने भएन ।”

धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् । शुक्लागण्डकीका केदार पौडेलले गोबर मलले मात्रै नहुने भएकाले रासायनिक मल आवश्यक पर्ने बताउनुभयो । “तर सधैँ मल अभाव भइरहन्छ, कृषकलाई एकदमै सास्ती छ, मल खोज्दै भौतारिनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।

शुक्लागण्डकीकै सुशन पौडेलले मल अभाव हुँदा कृषि पेशामा जाँगर हराउँदै गएको बताउनुभयो । “सरकारले किसानको आवश्यकता पूर्ति गर्न सकेको छैन, रोप्ने बेला मल पाइँदैन,” उहाँले भन्नुभयो, “कृषिमै केही गरौं भन्यो मलकै अभावले झन् चिन्ता थपिन्छ ।”

कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाका अनुसार तनहुँँमा वार्षिक एक हजार पाँच सय टन युरिया मल माग हुने गरेकामा चालु आर्थिक वर्षमा पाँच सय टन मात्रै मल भित्रिएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *