बुधबार , साउन १५, २०८२
सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन – News Nepal Media
Trend

बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ ।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको छ । मङ्गलबार दिउँसोदेखि अवरुद्ध बनेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको छैन । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इन्टरनेट नहुँदा सेवा दिन सकिएको छैन, राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन, नागरिकता विवरणलगायत काम प्रभावित भएको छ ।” सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ ।

अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको टमटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको छ । छिट्टै समस्या समाधान हुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP