मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित

म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन् । दोस्रो पटक मकै गोड्ने (दोहो¥याउने) बेलामा मकैमा रासायनिक मल हाल्न नपाएका किसान अहिले धानको बीउ राख्ने बेलासम्म मल नपाउँदा समस्यामा परेको बेनी नगरपालिका २ का पदमपाणि शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मकै गोड्दा मल नपाएर हालिएन, अब धान रोप्ने बेला आउन लाग्यो, मलको अभावमा बीउ राख्न पाइएको छैन, यसरी त खेती गर्न नसकिने भइयो ।” अर्का किसान तिलबहादुर घर्तीले मकै गोड्ने बेला बेनीमा मल नपाएपछि त्यत्तिकै मकै गोडेको बताउँदै भन्नुभयो, “बर्सेनि मलको अभाव हुन्छ, तर सरकारले कृषकको समस्याप्रति ध्यान दिएको पाइएन ।” उहाँले असारको दोस्रो साताबाट धान रोप्ने तयारी गर्नुभएको छ । अहिले धानको बीउ राख्ने बेला भए पनि मल नपाउँदा सास्ती भएको उहाँले बताउनुभयो । “अहिलेसम्म मल पाउने सुरसार छैन, के गर्ने कसो गर्ने अलमल परेको छु”, उहाँले थप्नुभयो ।

मल खरिद गर्न तीन÷चार पटक बजार धाउँदा मल नपाएको भकिम्ली तोराखेतका डिलबहादुर सापकोटाले बताउनुभयो । “रासायनिक मल नपाए पछि गोबर मल नै प्रयोग गरेर हिजो बीउ राखेँ, चाहिएको बेला मल कहिल्यै पाइँदैन, कृषकको समस्या कहिल्यै समाधान हुने भएन”, सापकोटाले भन्नुभयो ।
धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् । म्याग्दीमा वार्षिक एक हजार दुई सय मेट्रिक टन युरिया मल आवश्यक पर्ने कृषि प्राविधिकको भनाइ छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *