अलिअलि तिमीसँग’ म्युजिक भिडियो सार्वजनिक – News Nepal Media
Trend

गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनको रोमाञ्चक शैलीको ‘अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा हाल अस्ट्रेलियामा रहनुभएका गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको छ । शास्त्रीय सङ्गीत समिश्रण रहेको यस गीतमा गायक न्यौपानेकै सङ्गीत रहेको छ ।

गीतको एरेञ्ज रिदम कँडेलले गर्नुभएको हो । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरीको अभिनय छ । ‘तिमीलाई ठेस लाग्दा…’‘सातै जुनी साथ दिन्छु भनी भन्नु पर्छ र ?’, ‘नियाली हेर मेरा भावना.. ’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश छ ।

बुद्ध थापाले खिच्नु भएको भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको छ । ‘सक्रिय क्रियशन’ नामक युटुयुव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यसअघि गीतकार श्रेष्ठको शब्दमा ‘कुरा नगरेकै जाति’ र ‘सपनाको रङ्ग’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP