जनार्दनको गर्जन : हो, म गुरिल्ला हो, भ्रष्टाचारीको नाइके होइन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफू गरिल्ला भएको तर भ्रष्टाचारीको नाइके नभएको बताएका छन् ।गएको बुधवार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलन सम्बोधनका क्रममा उनले आफू गुरिल्ला भएको बताएका हुन् । उनले भने ‘तपाईँहरुलाई थाहा होला मलाई गुरिल्ला भन्छन् । म गुरिल्लै हो, जनताको, शान्तिको, समृद्धिको, जनतको आत्म निर्भरताको राष्ट्रिय स्वाधिनताको, समग्र समाजवादको आन्दोलन अगाडि बढाउन, संविधान कार्यान्वयन र प्रतिगमन पराश्त गर्न गुरिल्ला हुनु नराम्रो होइन । म गुरिल्ला भएको घोषणा गर्छु ।

उनले आफूहरु भ्रष्टाचारका हिमायती खलनायक, संविधान विरोधी खलनायक, प्रतिगमनकारी कुख्यात खलनायक नभएको पनि बताए । उनले आफूहरु देशका लागि सिपाही बनेर काम गर्न तयार भएको जिकीरसमेत गरे ।उनले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको पनि बताए । श्रम शक्तिलाई तालिम दिएर दक्ष बनाउने र रोजगारीमा लगाउने गरी प्रतिस्थापन बजेटमार्फत कार्यक्रम ल्याएको जानकारीसहित मन्त्री शर्माले यस्ता कार्यक्रमबाट अर्थतन्त्रलाई समाजवादको दिशातिर सोझ्याउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

उनले भने ‘यो कार्यक्रम लागू गर्नको युवाहरुले टोल टोलमा नेतृत्व गर्नुपर्छ । समाजवाद निर्माणको नेतृत्व तपाईहरुले गर्ने हो हामीले त्यसमा सहयोग गर्ने हो ।’ सरकारले पहिलो पटक गरिबलाई सम्झेर पाँच लाख विपन्न परिवारलाई १० हजारका दरले राहत दिने, दीर्घरोगीहरुलाई मासिक उपचार खर्च, राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक भत्ता दिने जस्ता दीर्घकालीन महत्वका कार्यक्रमहरु ल्याएको उनले जानकारी दिए ।

आफूले कुनै पनि हालतमा व्यक्तिगत स्वार्थमा केन्द्रीत भएर काम नगर्ने प्रतिबद्धता बोकेर जिम्मेवारी सम्हालेको उल्लेख गरी मन्त्री शर्माले कहीँ कतै त्यस्तो पाइएमा निर्धक्क आलोचना र भण्डाफोर गर्न सबैलाई आग्रहसमेत गरे ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *