बागलुङ उद्योग वाणिज्य सङ्घमा श्रेष्ठ र कँडेलबीच प्रतिस्पर्धा – News Nepal Media
Trend

बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा निर्माणकुमार श्रेष्ठ ‘बासु’ र नरेश कँडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएकोे छ । अध्यक्षमा चार जनाको उम्मेदवारी परेकामा राजनकुमार शाक्य र शशीकपुर श्रेष्ठले मङ्गलबार उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ र कँडेलबीच प्रतिस्पर्धा हुने भएको हो ।

सङ्घको नयाँ नेतृत्व चयनका लागि आउँदो शनिबार चुनाव हुँदैन । अध्यक्षको प्रतिस्पर्धामा रहनुभएका कँडेल सङ्घको निवर्तमान महासचिव हुनुहुन्छ । श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।

सङ्घको खुलातर्फको १४ सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिनुभयो । खुला सदस्यमा उम्मेदवारी दिनुभएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

खुल्ला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहनुभएको छ ।

मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । अब अध्यक्षसहित दुई उद्योग सदस्यका लागि मात्र मतदान हुने निर्वाचन समितिले जनाएको छ । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिनेछन् । सङ्घको निर्वाचनमा एक हजार ४१० जना मतदाता छन् । उद्योगी, व्यवसायीहरुको छाता सङ्गठनका रुपमा चिनिएको सङ्घ विसं २०२० मा खुलेको
थियो । बागलुङ उद्योग वाणिज्य सङ्घ नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थापक सदस्यसमेत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP