📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम

🕒 June 16, 2022

नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ ।

बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम सुरु गरेको हो ।

रिभर गाईड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन वोर्डले जनाएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले पहिलो पटक महिलाका लागि मात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनको क्षेत्रमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताउनुभयो ।

तालिमका रुपमा मात्र नलिई यस क्षेत्रमा नै आफ्नो भविष्य बनाउने गरी काम गर्न आग्रह गर्दै उहाँले बोर्डले आगामी दिनमा नारासँगको सहकार्यमा थप तालिमको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । युएनडिपीकी कल्पना सरकारले कोभिड–१९ पछि पर्यटन मजदुर सबैभन्दा समस्यामा परेको भन्दै उनीहरुको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको बताउनुभयो । तालिमले महिला शक्तिकरण, रोजगारी सिर्जनासँगै यस क्षेत्रमा भएको जनशक्तिको कमीलाई परिपूर्ति गर्ने उहाँको भनाइ थियो ।

नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीले नेपालको इतिहासमै पहिलोपटक महिलालाई निःशुल्क रिभर गाईड उपलब्ध गराएर महिलाका लागि रोजगारीको ग्यारेन्टी गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले नदी सफा र सुरक्षित राख्न गाउँपालिकालाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा नाराका महासचिव नारायण श्रेष्ठले जलयात्रामा महिलाको सहभागिता न्यून रहेकाले युवाको आकर्षण बढाउन र महिलालाई आत्मनिर्भर बनाउने महत्वपूर्ण उद्देश्य बोकेर तालिमको आयोजना गरिएको बताउनुभयो । यही असार १५ गतेसम्म चल्ने तालिममा ५३ महिला सहभागी रहेको नाराका उपाध्यक्ष शिशिर खनालले जानकारी दिनुभयो । युएनडीपीले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले अल्पकालीन रोजगार तथा तालिमका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

उक्त कार्यक्रमबाट देशभर ६ हजारभन्दा बढी व्यक्तिलाई अल्पकालीन रोजगारी प्रदान गरिएको नेपाल पर्यटन बोर्डका निर्देशक एवं परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिनुभयो ।