इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उहाँले सरकारका नाममा रुलिङ गर्नुभएको हो ।

सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । सभामुखले भन्नुभयो, “माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु, यस विषयमा सरकारलाई सत्यतथ्य सदन समक्ष पेश गर्न निर्देश गर्दछु ।”

नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । उक्त मूल्यवृद्धिलाई लिएर सदनदेखि सडकसम्म विरोध भइरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *