सुनसरीका टीका आत्रेयको कविता पहिलो

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कविता महोत्सवमा सुनसरीका टीका आत्रेयको ‘सङ्कल्प’ शीर्षकको कविता पहिलो भएको छ ।

यसैगरी धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ दोस्रो भएको छ । यसैगरी तेस्रो हुने कवितामा भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुबाको सिलाइ मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ गरी तीन कविता रहेको प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ४० हजार र तेस्रो हुने कवितालाई रु ३० हजार पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ । विसं २०२२ देखि प्रतिष्ठानले कविता महोत्सव आयोजना सुरु गरेको हो । यो ५३ औँ कविता महोत्सव हो । महोत्सवमा भाग लिने ५८८ कविताले आवेदन दिएकामा ३० कविता छनोट भएका थिए।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *