याङवरकका कृषकलाई हाते ट्र्याक्टर

याङवरक गाउँपालिकाले कृषकलाई १७ थान हाते ट्र्याक्टर वितरण गरेको छ । कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाभित्रका कृषक समूह तथा सहकारीलाई हाते ट्र्याक्टर वितरण गरिएको हो । बिहीबार गाउँपालिकाको केन्द्र थर्पूमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भीमबहादुर (सुवास) योङयाले कृषक समूह तथा सहकारीका प्रतिनिधिलाई हाते ट्र्याक्टर हस्तान्तरण गर्नुभयो ।

कृषक समूह तथा सहकारीसँग गाउँपालिकाको ७० प्रतिशत लागत साझेदारी रकमबाट हाते ट्र्याक्टर वितरण गरिएको हो । रु १२ लाख ५८ हजारको लागतमा १७ थान ट्र्याक्टर खरिद गरी वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । कृषि यान्त्रिकीकरणलाई सम्वद्र्धन गर्दै कृषिउपज उत्पादन बढाउन तथा कृषि कर्मलाई सहज बनाउन हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष योङयाले बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *