शुक्रबार , बैसाख ५, २०८२
पूर्वी नाकाबाट रु ४६ करोडको फलफूल आयात – News Nepal Media
Trend

पूर्वी नाका काँकडभिट्टा हुँदै रु ४६ करोडको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्ममा रु ४५ करोड ९७ लाख २७ हजार बराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो । आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुरवापत मात्र रु १२ लाख राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताउनुभयो ।

उहाँका अनुसार रु २९ करोड ७३ लाख ७ हजार मूल्य बराबरको चार हजार ६४५ मेट्रिक टन स्याउ आयात भएको छ । यो नाका भएर १० महिनाको अवधिमा भुइँकटहर मात्र रु चार करोड ५१ लाख १० हजार बराबरको एक हजार ८७८ मेट्रिक टन आयात भएको छ ।

त्यसैगरी रु १२ लाख ८० हजारको ४६ मेट्रिक टन केरा, रु ७९ लाख ५१ हजारको नरिवल, रु ६७ लाख ७० हजार जुनार, रु ४९ लाख ४९ हजारको आप, रु दुई करोड ९७ लाखको अनार, रु ७७ लाख ६१ हजारको अङ्गुर, रु एक करोड ७८ लाख ७८ हजारको सुन्तला, रु ३६ लाख ७३ हजारको नास्पति, रु पाँच लाख ९८ हजारको अम्बा, रु ९३ लाख ८४ हजार बराबरको खर्बुजा आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP