पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *