प्रदेश सभा बैठक बोलाउन माग

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताउनुभयो ।

बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९÷८० को बजेट छलफल गरी पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबीच बजेटको भागबण्डामा अलमलिएको नेता गुरुङले आरोप लगाउनुभयो । बजेट माथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उहाँले यो संसदीय अभ्यास, विधि कानुन विपरीत भएको जिकिर गर्नुभयो । उहाँले समस्याको चाँडो समाधान खोज्नुपर्नेमा समेत जोड दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *