युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु

युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा सातै प्रदेशका एक–एक स्थानीय तह छनोट गरी युवामैत्री स्वशासन अभियानले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तर सरोकारवालाबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गरेको हो ।

अभियानले पहिलो चरणमा बागमती प्रदेशका स्थानीय तहमध्ये चितवनको माडी नगरपालिका युवामैत्री स्थानीय शासनको प्रवद्र्धनका लागि छनोट गरेको छ । राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपी र युनिसेफ नेपालले संयुक्तरुपमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोसरुप दिन साझेदारी गरेका हुन् ।

अभियानअन्तर्गत विभिन्न्न सरोकारवालाको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन तालिम निर्देशिका तयार गरिएको छ । यही असार १४ देखि १६ गतेसम्म आयोजित युवामैत्री स्थानीय शासनबारे क्षमता अभिवृद्धि कार्यक्रममा माडी नगरपालिकाका प्रमुख तारा कुमारी, काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, वडाअध्यक्ष दीपेन्द्रराज पौडेल, कार्यपालिका सदस्य ऋचा सुनार, शाखा प्रमुख र कर्मचारीको सहभागितामा थियो ।

कार्यक्रमममा माडी नगरपालिकालाई युवामैत्री स्थानीयतहका रुपमा अवलम्बन, कार्यान्वयन र घोषणका लागि कार्ययोजना तयार गरिएको छ । क्षमता अभिवृद्धि कार्यक्रमको सहजीकरण अभियानकर्मी विष्णु खत्री, तिलोत्तम पौडेल, चन्द्रा थापा, मीना शर्मा र दीपक शर्माले गर्नुभएको
थियो ।

राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई युवाको परिभाषामा समेटेको छ । युवा ऊर्जावान, सक्षम र सिर्जनशील उमेर समूहमा छन् । राष्ट्रको समग्र विकास, परिवर्तन र प्रगतिमा युवाको सकारात्मक र रचनात्मक योगदान रहने मानिन्छ ।

युवालाई गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास तथा खेलकुद र मनोरञ्जन शीर्षकअन्तर्गत तय गरिएको लक्ष्यको प्राप्ति गर्दै देशैभरिका स्थानीयतहलाई युवामैत्री स्थानीय शासनका रुपमा विकास गर्ने लक्ष्य युवामैत्री स्वाशासन अभियानको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *