प्रधानमन्त्री देउवाबाट रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ ।

प्रधानमन्त्री देउवाले रासस केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा ताम्रपत्र अनावरण एवं रिबन काटेर भवन उद्घाटन गर्नुभएको
हो । विसं २०७२ को विनासकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाख १५२ को लागतमा निर्माण सम्पन्न भएको हो । प्रधानमन्त्री देउवा रासस परिसर आइपुग्नु हुँदा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईलगायतले उहाँलाई स्वागत गर्नुभएको थियो ।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहरी विकासमन्त्री मेटमणि चौधरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहलगायत सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ रासस भवनमा ५४ कोठा छन् । चारतले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ ।

स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले नेपाल संवाद समिति (नेसस) र सगरमाथा संवाद समिति (ससस) एकापसमा गाभिएर २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) को स्थापना भएको हो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *