पृथ्वी स्मारक क्षेत्रमा नेपाली सेनाबाट नयाँ संरचना निर्माण

नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको पृथ्वी स्मारक क्षेत्रमा नेपाली सेनामार्फत निर्माण गरिएको नयाँ संरचनाको मङ्गलबार उद्घाटन तथा पत्र हस्तान्तरण गरिएको छ । पृथ्वी स्मारक क्षेत्रमा आयोजित कार्यक्रममा नेपाली सेनाका मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले नेपाली सेनामार्फत निर्माण गरेको नयाँ संरचनाको उद्घाटन पश्चात पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्दलाल चित्रकारलाई पत्र हस्तान्तरण गर्नुभयो ।

जबरजङ्ग गण देवीघाटको व्यवस्थापनमा पृथ्वी स्मारकको संरक्षणका लागि पर्खाल, बार, शालिकमा रङरोगन, विश्रामस्थल र शौचालयको निर्माण गरिएको छ ।
जबरजङग गणका प्रमुख सेनानी अरुण कार्कीका अनुसार रु २२ लाख ४७ हजार लगानीमा स्मारक संरक्षणका लागि अत्यावश्यक देखिएका नयाँ संरचनाको निर्माण जीर्ण भएका संरचनाको मर्मतसम्भार गरिएको हो ।

नेपाली सेनामार्फत करिब एक वर्षको अवधिमा स्मारक संरक्षणका लागि तीन सय ४० मिटरको स्टिलबार र दुई सय पाँच मिटरको दायाँबायाँ फलामको बार लगाइएको छ । दुई सय पाँच मिटरको स्मारक क्षेत्रको दायाँबाया तीनतर्फी पर्खाल बनाइएको छ ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले नेपाली सेनाले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, राष्ट्रिय अखण्डताको रक्षासहित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकस्थलको संरचना निर्माणमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

जालपादेवी मन्दिर क्षेत्रमा अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मारक क्षेत्रमा बनाइएको नयाँ संरचनाको निर्माणले धार्मिकसहित पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने पृथ्वी स्मारक संरक्षण समितिका प्रचारप्रसार उपसमितिका संयोजक रामकृष्ण भट्टले बताउनुभयो ।

विसं १८३१ मा देवीघाटमा निधन भएका पृथ्वीनारायण शाहको सम्मानमा बनाइएको स्मारक क्षेत्रको सुधारका लागि स्मारकमा मूलढोका निर्माण, व्यवस्थित फूलबारी, स्मारक क्षेत्रको नाममा कार्यालय स्थापना गरेर कर्मचारी व्यवस्थापन र उहाँको अन्तिम संस्कार गरिएको स्थान त्रिशूली र तादीको सङ्गमस्थल देवीघाटमा रहेको ढुङ्गाको संरक्षण गर्नुपर्ने स्थानीयवासीले बताएका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *