त्रिभुवन राजपथमा यातायात पुनः सञ्चालन

त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा–काठमाडौँतर्फको यातायात पुनः सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–१ भैसे–हेटौँडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो ।

आज बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

हेटौँडाबाट गएका र भैसेतर्फबाट आएका सयौँ सवारी साधन आ–आफ्नो गतव्यतर्फ लागेको प्रहरीले जनाएको छ । उक्त सडकखण्डमा झण्डै सात घण्टा यातायात अवरुद्ध भएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *