पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि डुम्रे बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो आएर सडक अवरुद्ध बनेको छ । सडक अवरुद्धका कारण कुनै पनि सवारी साधन चल्न नसकेको उहाँले बताउनुभयो । रातिदेखि निरन्तर वर्षा भइरहेको र बिहानसम्म पनि वर्षा जारी भएकाले हल्का लेदोसहितको पहिरा खसिरहेको छ । गत भदौ महिनामा आएको बाढीले सो सडकको देउराली डाँडामा सडक बगाएको
थियो ।

सोपश्चात् वैकल्पिक सडकका रुपमा सोहीमाथि जङ्गल हुँदै वैकल्पिक सडक सुचारु गर्दै आए पनि गत असारको पहिलो हप्ता आएको बाढी पहिराले सो सडकसमेत बगाएपछि उक्त स्थानबाट वैकल्पिकरुपमा सडक सञ्चालन हुँदै आएको छ । वैकल्पिक सडकसमेत सोही पहिराले पटक–पटक अवरुद्ध बनाउँदै आउँदा यात्रु मारमा पर्दै आएका छन् ।

बेँसीसहरबाट काठमाडाँै, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुलाई समस्या हुँदै आएको छ । त्यस्तै, उक्त सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन् । उनीहरुलाई समेत समस्या उत्पन्न भइरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *