तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी

अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ । अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको
छ ।

साना सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् भने ठूला सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *