गजेन्द्र भण्डारी सिर्जनशील पत्रकारिता पुरस्कार गुरुङ र तिमिल्सेनालाई

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिने भएको छ ।

पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारको राशि रु २५ हजार एक र सम्मानपत्र रहेको छ । यही साउन २० गते एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिने छ ।

पत्रकारद्वय गुरुङ र तिमिल्सेना पोखरामा रहेर दुई दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । गुरुङ विशेषतः फोटो पत्रकारिता तथा तिमिल्सेना रेडियो नेपाल र गण्डकी बहस डटकममा आबद्ध हुनुहुन्छ ।

प्रतिभा छनोट समितिका संयोजक अग्रज पत्रकार कोमलनाथ बराल, सदस्य कृष्णप्रसाद बाँस्तोला, श्याम कुँवर, पत्रकार महासङ्घ अध्यक्ष विमला भण्डारी र सचिव माधव बरालको समितिले गरेको सिफारिसलाई महासङ्घको आज सम्पन्न बैठकले अनुमोदन गरेको हो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *