शुक्रबार , बैसाख ५, २०८२
पर्सामा परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकाबाटै – News Nepal Media
Trend

जिल्ला प्रशासन कार्यालय, पर्साले सेवाग्राहीको सजिलोका लागि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी व्यवस्थापन गरेको छ । राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाईन फाराम जिल्लाका चौधवटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी
दिनुभयो ।

अव उक्त सेवा लिन सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम भरेर मात्र प्रशासन कार्यालय आउनुपर्ने छ । प्रशासन कार्यालयका अनुसार सबै पालिकामा यी काम हेर्ने व्यक्ति तय गरेको र उनीहरूको सम्पर्क नम्बर सूचनामार्फत सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट भर्ने सेवाग्राही ठगिएका र सो ठगीमा संलग्न छ जनालाई यस अगाबै कारबाही गरेपछि यो व्यवस्था गरेको हो ।

रु पाँचमै खाना

पर्साको वीरगञ्ज बजारमा“घरको खाना सबैको चाहना” भन्ने नारासहित पाँच रुपैयांमा खाना उपलब्ध गराउन थालिएको छ । ‘फोर जिआर’ नामक संस्थाले दैनिक गुजारा गरेर खाने समुदायलाई लक्षित गरी रु पाँच रुपैयामा खाना खुवाउने अभियानको थालनी गरेको हो ।

अहिलेका लागि सातामा एक दिन उक्त समुदायलाई लक्षित गरी अभियान थालिएको संस्थाकी अध्यक्ष नुतुन सरावगीले बताउनुभयो । घण्टाघर छेउको पार्क अगाडि स्टल राखेर खाना उपलब्ध गराउन थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP