नयाँ पुस्तालाई राजनीतिमा आउन अध्यक्ष बिजुक्छेँको आह्वान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि स्वच्छरूपमा राजनीति गर्न युवा आउनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरमा मङ्गलबार आयोजना गरिएको पुस्तक चर्चा कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ, व्यक्तिगत स्वार्थलाई त्याग्दै इमान्दारीपूर्वक देश र जनताका लागि समर्पित हुने भावनाले नयाँ पुस्ता अब राजनीतिमा आउनै पर्छ ।” उहाँले देश परिवर्तनका लागि निरन्तर सङ्घर्षको आवश्यकता रहेको औँल्याउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *