झापाको बुद्धशान्तिमा हात्ती मृत फेला – News Nepal Media
Trend

झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् । विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताउनुभयो । हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP