शुक्रबार , बैसाख ५, २०८२
राष्ट्रपति पौडेलको पेट दुख्न थालेपछि त्रिविमा भर्ना, आजै डिस्चार्ज गरिने – News Nepal Media
Trend

राष्ट्रपति रामचन्द्र पौडेल अहिले बिरामी परेर त्रिवि शिक्षण अस्पतालमा उपचारत रहेका छन्। गएराति पेट दुखाइको कारण उनलाई सो अस्पतालमा भर्ना गरिएको थियो।

राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको र अहिले उनको सामान्य अवस्था रहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।

राष्ट्रपतिलाई शनिबार राति ७ बजे अस्पताल लगिएको हो। उनलाई भीआईपी क्याबिनमा राखेर उपचार गराइरहेको र अहिले शिक्षण अस्पतालका डाक्टर निरज बमले हेरिरहेको जनाइएको छ।

साथै उनलाई आजै अस्पतालबाट डिस्चार्ज गरिने समेत जनाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP