शुक्रबार , जेठ १०, २०८२
सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता – News Nepal Media
Trend

सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।उहाँहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिनुभयो ।

भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहँदै आएको चर्चा गर्दै दुवै देशले असंलग्नताको नीतिमा विश्वास गरेको र संयुक्त राष्ट्रसङ्घको आदर्शमा प्रतिबद्ध रहेको बताउनुभयो ।उहाँले मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदार स्रोत देशका रूपमा मान्यता दिएर ठूलो सङ्ख्याका नेपालीलाई रोजगारी दिएकामा धन्यवाद दिनुभयोे ।

मलेसिया नेपालको प्रमुख व्यापारिक साझेदार रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच पर्यटन प्रवद्र्धनमा जोड दिनुभयो । सन् २००३ मार्चदेखि सुरु भएकोे सिधा हवाई सम्पर्कले दुवै देशका नागरिकलाई अझ नजिक ल्याउन सहज भएको उहाँको भनाइ थियो ।

मलेसियाका उपसभामुख हसनले नेपाल मलेसियाको असल मित्र रहेको बताउँदै सभामुख र नेपाली संसदीय प्रतिनिधिमण्डलसँग भेटन पाएकामा खुसी व्यक्त गर्नुभयो । भेटमा नेपाली प्रतिनिधिमण्डलका सदस्य पुष्पा भुसाल गौतम, रामचन्द्र राईलगायतसहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP