बिहिबार , साउन १६, २०८२
बलियो प्रतिद्वन्द्वी भियतनामसँग आज नेपाली महिला फुटबल टोली भिड्दै – News Nepal Media
Trend

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पेरिस ओलम्पिक महिला फुटबल एशिया पहिलो चरणमा आज नेपालले भियतनामसँग भिड्दै छ । नेपालले आफ्नो बलियो प्रतिद्वन्द्वी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।

फिफा वरीयतामा ३३ औँ स्थानमा रहेको भियतनामसँग १०० औँ स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्न लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।

फिफा वरीयतामा आफू भन्दामाथि रहेको भियतनामबिरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ ।

जसका लागि नेपाल पहिलो खेलमै जित निकाल्न चाहन्छ । भियतनामले अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ ।

पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबल एसिया छनौट मा चैत २० गते देखि २८ गते सम्म हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP