शुक्रबार , बैसाख १२, २०८२
नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना – News Nepal Media
Trend

कावासोती | नवलपुर सेवा समाज युएईले नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाख रुपियाको अक्षयकोष स्थापना गरेको छ । हाल बैदेशिक रोजगारीको सिलसिलामा युएई रहेका नवलपुरका ब्याक्ति मिलेर गठन गरेको संस्थाले शिक्षा क्षेत्रलाई विषेश ध्यान दिँदै गरिब एवम् जेहेनदार बिद्यार्थीको सहयोगार्थ हरेक स्कुलमा ३० हजारको दरले तिन लाखको अक्षयकोष स्थापना गरिएको नवलपुर सेवा समाज युएईका प्रथम उपाध्यक्ष बिष्णु अधिकारीले जानकारी दिनुभयो ।

संस्थाले लिएको उदेश्य अनुरुप बुधबार मध्यविन्दु नगरपालिका वडा नम्बर १५ भिठ्ठामा रहेको धुर्वतारा आधारभुत बिद्यालयलाई ३० हजारको अक्षयकोष हस्तान्तरण गरिएको छ । अहिलेसम्म कुनै अक्षयकोष स्थापना नभएको आफ्नो विद्यालयमा अक्षयकोष स्थापना गरेकोमा धन्यवाद दिदै बिदेशमा रहेका नेपालीले एक एक रुपिया जम्मा गरेर विद्यालयका बालबालिकाको शिक्षाकालागी हस्तान्त्रण गरिएको अक्षयकोषको सहि सदुपयोग हुने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष होम वहादुर गुरुङ्गले बताउनु भयो ।

दलित बस्तीको माझमा रहेको विद्यालय नजिकै खोला हुनु र खोलामा पुल नहुदा निकैनै अप्ठ्यारो अबस्थामा रहेको विद्यालयलाई केही राहात हुने ठानेर उक्त विद्यालयलाई अक्षयकोषका लागी चयन गरिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । नवलपुर सेवा समाज युएई नवलपुर स्थाई घर भई हाल वैदेशिक रोजगारको शिलशिलामा युईएमा रहेका नेपाली एकत्रित भएर खोलिएको संस्था हो ।

संस्थाले नवलपुर जिल्लाभरिका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको सल्लाहाकार बेद प्रसाद अर्यालले जानकारी दिनुभयो । भौगोलिक रुपले कठिनाई तथा विभिन्न समस्यासग जुधेको विद्यालयमा आफुहरुले कोष स्थापना गर्दा खुसि लागेको र अन्य त्यस ठाउ जन्मे हुर्केर जुनै ठाउँमा भएपनि सवैलाई उक्त विद्यालयलाई सहयोग गर्न अर्यालले आग्रह गर्नुभयो ।

हस्तान्त्रण कार्यक्रममा विद्यार्थीका अभिवावक, विद्यालय व्यावस्थापन समितिका पदाधीकारी , नवलपुर सेवा समाजका प्रतिनिधी , शिक्षक र सन्चारकर्मिको उपस्थिती थियो । २०१६ मा स्थापना गरिएको नवलपुर सेवा समाजमा हाल कार्यसमितिका अध्यक्ष गोपाल प्रसाद पराजुली अध्यक्ष र राम प्रसाद ढकाल महासचिब रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP