बाँकेमा पहिलो पटक गोलभेंडाहरूको रंगसँगै होली खेलियो – News Nepal Media
Trend

आज तराईमा होलि पर्व धुमधामले मनाइंदै छ। यसपाली बाँकेको कोहलपुरमा गोलभेंडा दलेर होली खेलिएको छ । पहिलो पटक गोलभेंडाहरूको रंगसँगै ‘गोलभेंडा उत्सव नेपाल–२०२३’ ‘ला टोमाटिनो फेस्टिभल’ आयोजना गरेर होली खेलिएको जनाइएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष श्रीराम सिग्देलको अनुसार कोहलपुरलाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्देश्यले गोलभेंडा उत्सव संचालन गरिएको हो।

उक्त आयोजनाले कोहलपुरलाई एकातिर पर्यटक आकर्षिक गर्न सहयोग पुर्‍याउने र अर्कोतिर किसानले आफ्ना उत्पादनको मूल्य पाउने अध्यक्ष सिग्देलले विश्वास व्यक्त गरे । कार्यक्रम आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेंडा सिधै किसानबाट खरिद गरिने छ। ‘सेन्थेटिक रंगले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिनका लागि पनि यो कार्यक्रम गरेका हौं। उनले भने,सकेसम्म स्थानीय उत्पादनलाई हाम्रो जोड रहनेछ,’ कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरिरहेको सिग्देलले सुनाए ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP