मंगलबार , साउन १४, २०८२
भासिएको महेन्द्र राजमार्गको पुल पुनः सञ्चालनमा, ४० टन भन्दा धेरै लोड बोकेका सवारी सन्चालनमा रोक – News Nepal Media
Trend

भासिएको महेन्द्र राजमार्गको पुल पुनः सञ्चालनमा, ४० टन भन्दा धेरै लोड बोकेका सवारी सन्चालनमा रोक

कावासोती । बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपुरको चोरमारा बजारस्थित गिरबारी खोलामा रहेको पुलको मर्मत कार्य सम्पन्न भएसँगै यातायात पुनः सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, पुल मर्मतपछि हिजो साँझदेखि सवारी साधन आवागमन सुरु गरिएको हो।

गत २९ वैशाखमा होङ्सी सिमेन्ट उद्योगबाट कच्चा पदार्थ बोकेर वीरगञ्जतर्फ जाँदै गरेको १८ चक्के भारी मालवाहक सवारीको अत्यधिक भारका कारण पुल भासिएको थियो। त्यसपछि सडक डिभिजन कार्यालय भरतपुरको समन्वयमा पुल मर्मतको जिम्मा जलप कन्स्ट्रक्सनलाई दिइएको थियो। पुलको भासिएको भागमा फलामका पाता फेरिएको र चिरा परेको थप भागलाई मर्मत गरी पुनः प्रयोग योग्य बनाइएको हो।

तर, पुलको संरचना पुरानै भएकाले थप सावधानी अपनाइएको छ। ४० टनभन्दा बढी भार बोकेका मालवाहक सवारी साधनलाई पुल पार गर्न रोक लगाइएको छ। यस्ता सवारीलाई दुम्किबासमै रोकिने व्यवस्था मिलाइएको छ।

यस मर्मतपछि गिरबारी पुल फेरि सञ्चालनमा आए पनि अत्यधिक भारले फेरि क्षति पुर्‍याउने सम्भावना भएकाले स्थानिय तथा सम्बन्धित निकायलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP