शुक्रबार , जेठ १०, २०८२
असहाय गाईबाच्छालाई संरक्षण – News Nepal Media
Trend

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब २०० असहाय गाईबाच्छाले संरक्षण पाएका छन् ।

‘असहाय गाईबाछा संरक्षण अभियान’अन्तर्गत २०० सडक गाईबाच्छाले आश्रय पाएकामा तिनलाई सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानमा जनचासो बढ्ने क्रम जारी छ ।

अबोध प्राणीलाई खाद्यान्न र उपचारका लागि सहयोग गर्न जन्मदिनको अवसरमा सामाजिक अभियानकर्मी दीपकसिंह भण्डारीले गोकर्णेश्वर धार्मिक समितिको विशेष कार्यक्रममा रु २५ हजारको थैली प्रदान गर्नुभयो । जन्मदिनका अवसरमा उहाँले यसअघि पनि निरन्तर गाईबाच्छा संरक्षण अभियानमा सहयोग गर्दै आउनुभएको थियो । लायन्स क्लब अफ वासुकी तथा लायन्स क्लब अफ गगनको तर्फबाट समेत पदस्थापनाको अवसरमा रु १५ हजार उपलब्ध भएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

यस्तै गाईबाछा संरक्षणका लागि जन्मदिनका अवसरमा जगदिश अर्यालले रु पाँच हजार पाँच सहयोग गर्नुभएको छ । कागेश्वरी मनोहरा नगरपालिका गोठाटारका राजनीतिक तथा सामाजिक अभियानकर्मी उद्धब दाहालले जन्मदिनको अवसरमा रु पाँच हजार पाँच सहयोग गर्नुभएको छ । गाईबाछाको उपचारका लागि जन्मदिनका अवसरमा सामाजिक अभियानकर्मी रामकृष्ण बरालले रु तीन हजार सहयोग गर्नुभएको छ ।

यस्तै गौशालाका शैषव खनालले गाईबाच्छाको भोजनका लागि रु पाँच हजार र अच्युत पौडेलले रु पाँच हजार सहयोग गर्नुभएको छ । कागेश्वरी मनोहराकी स्व नर्मदा पुडासैनीको स्मृतिमा छोरा उपास र छोरी सुनिताले रु पाँच हजार पाँच उपलब्ध गराउनुभएको छ । जन्मदिनको अवसरमा लायन सुरेन्द्र बलायर र सामाजिक अभियानकर्मी विमल अर्यालले जनही रु पाँच हजार सहयोग गर्नुभएको छ ।

यसैगरी अभियन्ता प्रमेश अधिकारीले समेत असहाय गाईबाच्छाको भोजनका लागि रु तीन हजार उपलब्ध गराउनुभएको छ । अभियानले २०७५ जेठ १ गतेदेखि असहाय गाईबाच्छा संरक्षणका लागि अभियान सञ्चालन गर्दै आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP